लेखनाथमा आजदेखि ब्याडमिन्टन प्रतियोगिता

समाधान संवाददाता २०८१ वैशाख १४ गते १०:४८

लेखनाथ ।
लेखनाथमा चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा वैशाख १४ र १५ गते चौंथो संस्करणको राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।


प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सी लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिश्पर्धा हुने खेल संयोजक रामबहादुर गुरुङले जानकारी दिए ।


प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय २ टिमले क्रमशः नगद ४१ हजार, २२ हजार र ६/६ हजार साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त विधाको सी लेभलतर्फ प्रथम, द्वितीय र तृतीय दुई टिमले क्रमशः नगद ३५ हजार, १८ हजार र ६÷६ हजार साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement


मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, द्वितीय र तृतीय २ टिमलाई क्रमशः नगद ३० हजार, १६ हजार र ५/५ हजार साथमा सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला डबल्समा प्रथम, द्वितीय र तृतीय २ टिमलाई क्रमशः नगद २५ हजार, १० हजार र ५/५ हजार साथमा सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


२ दिनसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख १५ हजार खर्च हुने र यसबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

Advertisement

लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भविन पुन र खेल संयोजक रामबहादुर गुरुङले धन्यवादसहित खेलको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।

तपाईको प्रतिक्रिया