चिसो पठारमा व्यापारको सरगर्मी

एसके थकाली
मुस्ताङ
चारैतिर खुला समथर पठार छ । जहाँ कुनै मानव बस्ती छैन । त्यसको यता दक्षिण ३ किलोमिटर यता कोरलानाका नजिकै बन्दै छन् चिनिया संरचना । त्यही आसपासको खुला चौरमा कुम्भ मेला लागेको छ । यो हो नेपाल–चीन अन्तर देशीय मेला ।
मेलास्थल झन्डै ४ हजार ३ सय मिटरमा अवस्थित छ । हिउँद याममा त यहाँ ज्यानै लिने ठण्डी हुन्छ । गर्मीयामकोसमयमा पनि त्यहाँ चिसै हुन्छ । चिसोमै व्यापार मेलाको गर्मी बढेको छ ।सधैजसो किनमेलका लागि पोखरा, काठमान्डौं जाने उपल्लो मुस्ताङी मेलामा भने चीनकै दैलोछेउ पुग्छन् । आवश्यक घरायसी सामान किनेर फर्कन्छन् ।
तिब्बतीयन खम्बाले त्यहा दर्जनौं पसल थापेका छन् । लस्करै स्टल जस्तो मिलाएर टांगिएका सेता त्रिपाल छन् । केही नेपालीले भने त्यहाँ घरायसी पसल चलाएका छन् । बिहानीपख व्यापार मेला जान सीमावर्ती क्षेत्रका सर्वसाधारणको लामो लाइन हुन्छ । कतिपयले ट्रक, जिप, ट््याक्टर नै लगेर सामान ढुवानी गर्छन् ।
व्यापार मेला उपल्लो मुस्ताङीका लागि सबैभन्दा सहज किनमेलको बजार भएको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले बताए । सडक सञ्जाल नहुँदा उपल्लो मुस्ताङका बासिन्दाका लागि चिनियाँ पक्षले व्यापार मेला गरी राहत दिएको उनको उनको भनाइ छ ।
यो मेला नेपाल र चीनमा आलोपालो हुने गथ्र्यो । तर सुरक्षाको कारण पछिल्लो समय चिनिया पक्षले मात्र मेला आयोजना गर्न थालेको छ । मेलामा नेपाली मुद्रामा समेत किनमेल हुन्छ । चिनिया सुरक्षा अधिकारीले यसपटक नेपालीलाई बोर्डर पास देखाएरमात्र प्रवेश दिएका छन् ।








एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया