ओस्कारका लागि ‘बुलबुल’ले नेपालको प्रतिनिधित्व गर्ने
समाधान संवाददाता
२०७६ भदौ २२ गते १२:००

समाधान संवाददाता, काठमाडाैं
ओस्कर अवार्डको अन्तराष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व ‘बुलबुल’ले गर्ने भएको छ ।
ओस्कार छनौट समितिले गत साथा विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई नेपालको तर्फबाट ओस्कार पठाउने निर्णय गरेका हुन् ।
कमिटी महासचिव चिरन्जीवि गुरागाइँका अनुसार ओस्कारका लागि आवेदन मागिएकोमा ‘बुलबुल’को मात्र दरखास्त परेकाले ‘बुलबुल’ बिना प्रतिष्पर्धा छनौट भएको हो ।
स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको सिनेमाले नेपालमा राम्रो समिक्षकीय तारिफ बटुलेको थियो ।
सिनेमाले विदेशिएका पतिको पर्खाइ, नयाँ युवकसँग प्रेम र पक्षघात पीडित ससुराको स्याहार गर्ने एकल आमाको कथा पेस गर्छ ।
यसै सिनेमाबाट अभिनेत्री खड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिवलमा अवार्ड जितेकी थिइन् ।
सम्बन्धित







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया