दसैं तिहार मध्यनजर गरी बजार अनुगमन

समाधान संवाददाता
पोखरा
पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, घरेलु तथा साना उघोग कार्यालय कास्की, जिल्ला पशु भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्की, उपझोक्ता मञ्च कास्की, नेपाल पर्यटन बोर्ड कार्यालय पोखरा लगायत संस्थाका प्रतिनिधिको टोलीले मंगलबारदेखि अनुगमन तीव्र गरेको हो ।
खेतबारी सुपर मार्केट पोखरा ६ लेकसाइडमा अनुगमन गर्दा टेन्ट्रोलिन मासु लेबल नलगाई व्यापार गरेको भेटिएको छ । मार्केटमा प्रयोग गर्दै आएका नाप तौलको समान नवीकरण नगरेको भेटिएको छ ।
भने अनुगमन टोलीले नाप तौलका उपकरण नवीकरण गर्न, लेबल भएका वस्तुमात्र बिक्री वितरण गर्न निर्देशन दिएको पोखरा महानगरपालिका अनुगमन टोली प्रमुख रोमनाथ उपाध्यले जानकारी दिए ।
टोलीले पोखरा ६ लेकसाइडमा रहेको सोसल मिट एन्ड फ्रोजन फुड सप्लायर्स र सोसल फ्रेस हाउसमा अनुगमन गरेको छ । अनुमगनको क्रममा मूल्य सूची नटाँसिएको, बिक्रीका लागि प्याक भएको मासुको म्याद सकिएको भेटिएको छ ।
म्याद सकिएको मासुको प्याक ३ थान भेटिएको हो । अनुगमन समितिले म्याद सकिएको मासुलाई नष्ट गरेको छ । मूल्य सूची टाँस्न, म्याद सकिएको मासु नबेच्न निर्देशन दिएको कास्की जिल्ला उपझोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।
कोइरालाले चाडपर्व नजिकिँदै गर्दा अनुगमन अघि बढाइको बताए । उनले विभिन्न उद्योगमा निरन्तर अनुगमन गर्ने बताए । पोखरा ६ लेकसाइडमा रहेको हटपट रेस्टुरेन्टमा अनुगमन गरेको थियो ।
तपाईको प्रतिक्रिया