कुटपिटको आरोपमा ४ युवा पक्राउ

समाधान संवाददाता २०७६ असोज २८ गते १६:५१


समाधान संवाददाता, जोमसोम

मुस्ताङको थासाङ –४ घासाका युवा साहिल भट्टचन माथि कुटपिट भएको छ । गत दशैको भोलिपल्ट बुधबार उनलाई सोही ठाउँका केही युवाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आफ्नै टु ब्रदर्श पोल्टी फर्ममा काम गरिरहेको अवस्थामा उनी कुटिएका हुन् ।

कुटपिट गर्नेमा थासाङ ४ घाँसाका अर्पण श्रेष्ठ ,सुरेन कार्की , बिरेन्द्र पुन र पुरन बिक छन् । कुटपिटमा संग्लन युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीका लागि कानुनी अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा दर्ता भएको सूचना अधिकारी आशिष अधिकारीले जानकारी दिए ।

Advertisement

कुटपिटबाट पीडित भट्टचनको निधारमा चोट लागेको छ भने पाखुरामा टाँका लगाईएको छ । उनको अवस्था सामान्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया