गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १४:३६

समाधान संंवाददाता, काठमाडाैं

नेपाल प्रहरीले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले गायक थापालाई नियन्त्रणमा लिइएको बताए । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

Advertisement

गायक थापाले रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

हाल यो गीत यूट्यूबबाट हटाइसकिएको छ । हाल थापा महाशाखामा रहेकाछन् र उनीसँग गीतका बारेमा सोधपुछ हुँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया