सुनुवार परिवारलाई बिमा हस्तान्तरण

समाधान संवाददाता २०७६ मंसिर १० गते १५:१८

एसके थकाली थकाली, जोमसोम

मुस्ताङको घरपझोङ गाउपालिका स्थित नमुना आधारभुत विद्यालयमा कार्यरत दिवंगत पूर्व शिक्षक सुन्दर सुनुवारका परिवारलाई मंगलबार बिमा हस्तान्तरण गरिएको छ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल पोखरा शाखा मार्फत ६ वर्षअघि जिवन बिमा गरेका सुनुवार परिवारलाई ४ लाख १२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरिएको अभिकर्ता ह्दयप्रसाद श्रेष्ठले जानकारी दिए ।

सुनुवार परिवारका तर्फबाट हकवाला धर्मपत्नी रिना सुनुवारलाई पुर्थाङ आमा समुहका सदस्यले बिमा हस्तान्तरण गरेको हो । दिवंगत सुनुवारले उक्त लाईफ ईन्स्योरेन्समा वार्षिक १६ हजार ५ सय रुपैयाको डेढ किस्ताको जिवन बिमा गरेको अभिकर्ता श्रेष्ठले जानकारी दिए । शिक्षक सुनुवारले ६ वर्षको अवधिमा १ लाख ५० हजार रुपैया ईन्स्योरेन्सलाई बुझाएका थिए ।

Advertisement

सुनुवार परिवारले जिवन बिमा पाएसंगै मुस्ताङमा मृत्युपछि एकमुष्ठ बिमा रकम पाउने सुनुवार परिवार भएको अभिकर्ता श्रेष्ठको दावी छ । उनका अनुसार शिक्षक सुनुवारले १५ वर्षको जिवन बिमा संम्झौता गरेको र उनको केही महिना अघि ह्दयघातका कारण निधन भएको उनले जानकारी दिए । बिमा रकमको चेक बुझ्दै धर्मपत्नी रिना सुनुवारले प्राप्त बिमा रकमले स्वर्गिय पतिको अधुराकार्यमा खर्च गरिने बताईन् ।

Advertisement

तपाईको प्रतिक्रिया