विवाहको आश्वासन देखाएर बलात्कार गर्ने एक जना पक्राउ
समाधान संवाददाता
२०७६ पुष २ गते १५:३५

समाधान संवाददाता, सप्तरी
विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ।
घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
इलाका प्रहरी कार्यालयले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंसिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो।
आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया