जोमसोम विमानस्थलमा पर्यटकलाई भव्य स्वागत

समाधान संवाददाता २०७६ पुष १६ गते १३:०३

पोखरा÷जामसोम हवाई पर्यटकलाई जोमसोममा स्वागत गर्दै सरोकारवाला । तस्विरः जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ।

एसके थकाली, जोमसोम

आज सन् २०२० जनवरी १ तारिख अर्थात अंग्रजी वर्षको सुरुआति महिनाको पहिलो दिन । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेसंगै देशभर यससंम्वन्धि कार्यक्रम सार्वजनिक भइसकेको छ । सन् २०१९ मा २० लाख पर्यटक नेपाल भित्र्याई नेपालको पर्यटन क्षेत्रलाई दिगो तुल्याउने लक्ष्यसहित सरकारले योजनाअघि बढाएको हो ।

Advertisement

यस अवसरमा पर्यटन वर्षको पहिलो दिन पोखरा÷जोमसोम हवाई स्वदेशी तथा विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो । जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप)को संयुक्त आयोजनामा भ्रमण वर्ष सफल पार्न पर्यटक स्वागत कार्यक्रम गरिएको थियो । पोखराबाट हवाई सेवा मार्फत बुधबार जोमसोम पुगेका भारतीय र पञ्चिमेली देशका पर्यटकलाई स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित कार्यालयका कर्मचारी, ३ वटै सुरक्षा निकायका प्रतिनिधि, स्थानीय आमा समुह, युवा क्लव, पर्यटन व्यवसायीहरुले भव्य स्वागत गरेको जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो लोहाले जानकारी गराईन् ।

सो अवसरमा जोमसोम उर्लिएका पर्यटकलाई एक्यापले मायाको चिनो स्वरुप उपहार प्रदान गर्‍यो । पर्यटक स्वागत कार्यक्रमपछि प्रतिक्रिया दिदै जिसस प्रमुख गुरुङले नेपाल पर्यटन वर्ष सफल बनाउन कुनै कसुर बाँकी नराखिने बताईन् । उनले भ्रमण वर्षको प्रर्वद्धन ,प्रचार÷प्रसार र गन्तब्यहरुको स्तरोन्नतिका लागि सबै स्थानीय निकाय ,प्रशासन ,सुरक्षा निकाय र पर्यटन व्यवसायीहरु मिलेर सहकार्य गरिने उल्लेख गरिन् ।

Advertisement

यस्तै ,विमान स्थल प्रमुख दिपक विकले पर्यटकको हवाई यात्रा सुरक्षित बनाउन कार्यालय संम्वेदनशील रहेको बताए । स्मरण रहोस् मुस्ताङमा सन् २०१८ भन्दा सन् २०१९ मा २ हजार विदेशी पर्यटक घट्न पुगेको छ । सन् २०१८ मा ५९ हजार ८ सय ३८ पर्यटकले मुस्ताङ भ्र्रमण गरेका थिए भने सन् २०१९ मा सो संख्या घटेर ५७ हजार ५ सय ६५ पर्यटकले मुस्ताङ भ्रमण गरेको एक्याप मुस्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया