स्मार्ट लाइसेन्स पनि नक्कली

समाधान संवाददाता २०७६ पुष १६ गते १४:५७

समाधान संवाददाता, काठमाडाैं

नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्यायो। तर, यही स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ।

प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई सातदोबाटोबाट पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको हो। अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ।

Advertisement

छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन। नक्कली स्मार्ट लाइसेन्सको अनुसन्धानका लागि तत्काल नाम खुलाउन नसकिएको प्रहरीले जनाएको छ।

Advertisement

पुरानो फोटो स्टुडियोबाट प्रहरीले केही प्रिन्टर तथा कागजातहरू बरामद समेत गरेको छ।

तपाईको प्रतिक्रिया