मुस्ताङमा प्राधिकरण दिवसमा मनोरञ्जनात्मक कार्यक्रम

समाधान संवाददाता २०७६ पुष १७ गते १३:०७

समाधान संवाददाता
जोमसोम

डिसेम्बर ३१ तारिख अर्थात नेपाल नागरिक उड्डयन न प्र्राधिकरण स्थापनाको २१ औं वार्षिकोत्सव मुस्ताङको जोमसोममा विविध कार्यक्रम गरी मनाइएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयले मनोरञ्जनात्मक खेल र अन्तक्र्रिया आयोजना गर्‍यो ।

जोमसोममा पहिलो पटक संस्थागत रुपमा दिवस मनाइएको हो । विमानस्थलको धावनमार्गमै खेलहरु सञ्चालन गरियो । म्युजिक चियर, घैटो फुटाउने र दौड प्रतियोगिता भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । हवाइ सेवामार्फत मुस्ताङ जाने पर्यटक, पर्यटन व्यवसायी, कर्मचारी र जनप्रतिनिधिले खेलमा उत्साहपूर्वक सहभागिता जनाए ।

Advertisement

समापन समारोहमा जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख जिरिङ ल्हामो गुरुङले हवाइ सेवा जनमैत्री हुनुपर्नेमा जोड दिइन् । घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादर थकालीले कर्मचारी, जनता र जनप्रतिनिधिको सम्बन्ध विस्तारमा यस्ता कार्यक्रम फलदायी हुने बताए । प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले हवाइ सेवालाई सुरक्षित, भरपर्दो र विश्वनीय बनाउन यस्ता कार्यक्रमले सघाउने विचार राखे ।

जोमसोम नागरिक उड्ड्यन कार्यालय प्रमुख दीपक विकले भिजिट नेपाल २०२० लाई सफल तुल्याउन कार्यालय कटिबद्ध रहेको बताए । उनले नागरिक उड्डयन कार्यालयले पर्यटन वर्ष सफल पार्न स्थानीय जनप्रतिनिधि र सरकारी निकायसँग समन्वय गर्ने प्रतिबद्धतासमेत गरे । जामसोम विमानस्थल हिमाली क्षेत्रकै समृद्ध विमानस्थल भएको दावी गर्दै उनले यहाँ अग्नि नियन्त्रण गर्ने वारुण यन्त्र आएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया