जबरजस्ती करणी गर्ने पक्राउ
समाधान संवाददाता
२०७६ पुष २१ गते १६:०३

अर्जुन काफ्ले, स्याङ्जा
चापाकोट नगरपालिका ७ का १९ बर्षिय मिलन गुरूङलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ ।
१५ बर्षिय युवतीलाई पसलबाट मासु किनी फर्कने क्रममा मुख छोपी बाटोको छेउ गहुँ खेतमा लगि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
कानून बमोजिम कारवाहीको माग सहितको उजुरीमा गुरूङलाई खोजतलास पश्चात पक्राउ गरिएको हो । पक्रउा पश्चात जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक नबिन कृष्ण भण्डारीले बताउनुभयो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया