टीका र सञ्जीवको युगल साँझ हुँदै

समाधान संवाददाता, पाेखरा
पछिल्लो समय चर्चामा रहेकी गायिका टीका प्रसाईँ र गायक सञ्जीव पराजुलीको युगल साँझ हुने भएको छ । बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा माघ ४ गते पोखरा उद्योग वाणिज्य संघको सभा हलमा युगल साँझ आयोजना हुन लागेको हो । सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् ।
उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । अनुपम म्युजिकका नुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका संगीत प्रेमीमाझ प्रस्तुत गर्नु पर्ने आवश्यकता बोध भएकोले युगल साँझ गर्न लागेको बताए ।
गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए । कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना नयाँ तथा पुराना तथा केही करिब १ दर्जन गीत सुनाउने छन् ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया