एन्फा अध्यक्षविरुद्ध उजुरी दर्ता

समाधान संवाददाता २०७६ माघ ७ गते ११:५७

समाधान संवादाता
पोखरा

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मीलन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । उनले पोखरा ९ स्थित क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका गरेका थिए । गुरुङले हातपात गरेको सिसिटिभी फुजेटको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उजुरी दर्ता गरेको हो । गुरुङविरुद्ध ठाडो उजुरी दर्ता भएको कास्की प्रहरीले जनाएको छ ।

गत वर्ष एन्फा कास्कीले आयोजना गरेको खेलकुदका क्रममा काम गरेको खर्च माग्दा अवार्ड सञ्चालक पौडेलमाथि अध्यक्ष गुरुङले हातपात उजुरी परेको हो । अवार्ड सञ्चालक पौडेलले एन्फा कास्कीबाट गत वर्ष काम गरेको १० लाख रुपैयाँभन्दा बढी नदिएको बताए ।

Advertisement

काम गरेको पैसा माग्ने क्रममा गुरुङ गुण्डागर्दी शैलीमा उत्रिएको पौडेलको आरोप छ । गुरुङ आइतबार मुख्यमन्त्री कपको विभिन्न कागजपत्र छपाइका लागि पौडेलको अवार्ड हाउसमा गएका थिए । ‘अघिल्लो वर्षको बाँकी पैसा पूरा नगरी काम नगर्ने उहाँलाई भनेको थिएँ, ‘पौडेलले भने, ‘उहाँले पैसा नलिई काम गराउन खोज्नुभयो ।’ पौडेलले प्रहरीसमक्ष बताएका छन् । प्रहरी स्रोतका अनुसार पौडेलले सोमबार गुरुङले हातपात गरेको सिसिटिभी फुटेज पनि बुझाएका छन् । हाल गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष छन् ।

यता, गत वर्ष एन्फा कास्कीले आयोजना गरेको मनकामना कपको उपाधि जितेका संस्था र खेलाडी राखिएका होटलले पनि पैसा नपाइएको गुनासो गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया