सिंहदरबार कि करदरबार !

समाधान संवाददाता
पोखरा
२०७४ सालमा सबैभन्दा स्थानीय निहको चुनाव भयो । जनताबाट ७ सय ५३ जना मेयर÷अध्यक्ष र उपमेयर÷उपाध्यक्ष, ६ हजार ७ सय ४२ वडाध्यक्ष तथा २६ हजार ९ सय ७० जना वडासदस्य चुनिए । २०७४ सालमै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भयो । चुनावसँगै बनेका ७ सय ६१ वटा सरकारले संघीयता कार्यान्वयनमा ल्याए ।
संघीयता भनेकै ‘गाउँ गाउँमा सिंहदबार’ भन्ने प्रचार भयो । भयो पनि त्यस्तै । जनताले नजिक, अलि नजिक र टाढाको सरकार पाए । सरकार सेवा लिएर गाउँ पस्यो । सेवासँगै जनताको घरदैलोमा शुल्क र कर पनि आइपुग्यो । संघीयता कार्यान्वयनसँगै स्थानीय तह तथा प्रादेशिक कर, राजस्वको क्षेत्राधिकार बाँडफाँड हुँदा स्थानीय तहलाई घरजग्गा रजिस्ट्रेसन, सवारी कर, मनोरञ्जन कर, विज्ञापन करको अधिकार दिइयो । प्रदेशले प्राकृतिक स्रोत उपयोग र कृषि क्षेत्रबाट राजश्व उठाउने अख्तियारी प्रदान गरियो ।
उठेको मूल्य अभिवृद्धि कर(भ्याट) र अन्तःशुल्कको हकमा केन्द्रीय सरकारसँग बाँड्ने व्यवस्था गरियो । संवैधानिक आयोगको रुपमा गठित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगले वित्तीय अधिकार बाँड्दा सिंहदरबारले प्रयोग गरेका ५५ प्रतिशत अधिकार स्थानीय तहमा गएको दावी गरियो । तर, भनेजस्तो भएन । अधिकारको बाँडफाँडमा समस्या देखियो । कतिपय अवस्थामा उद्योगी, व्यवसायी तथा आमनागरिक दोहोरो करको मारमा परे ।
‘हो संघीयता कार्यान्वयनसँगै ३ ठाउँमा कर तिर्ने अवस्था पनि सृजना भयो । कर लगाउँदा जनताको मनोविज्ञान बुझ्ने प्रयत्न गरिएन’, अर्थशास्त्री प्राडा चन्द्रमणि पौडेलले भने, ‘त्यही जन्मदर्ता गर्न केही स्थानीय निकायले १ हजार पनि लिए । कसैले १ सयमात्रै लिएर पनि काम गरे ।’ कोष अभिवृद्धि गर्ने अभिप्रायले कर लागु गरे पनि त्यसको औचित्य पुष्टि गर्नेतर्फ लागिएन । उनी पोखरा उद्योग वाणिज्य संघ तथा सर्वांगीण विकास अध्ययन केन्द्र ( आइआइडिएस)ले पोखरामा आयोजना गरेको देशमा संघीयता लागु भएपछि स्थानीय र प्रादेशिक तहमा कर, राजश्व बाँडफाँडबारेको छलफल कार्यक्रममा आफ्ना धारणा सुनाउँदै थिए । उनले कर प्रशासनले तोकेको करबारे चित्त नबुझे त्यसउपर उजुरी दिने प्रक्रिया सजिलो र सहज बनाउनुपर्नेमा पनि जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र राजश्व तिनुपर्छ भन्ने मान्यतामा रहे पनि ३ तहका सरकारबीच वित्तीय बाँडफाँडमा अन्योललेसमस्या परेको बताए । उनले एकद्वार प्रणालीमार्फत कर लिने र सरकारबीच बाँडफाँडको व्यवस्था मिलाउन सके कर तिर्नेलाई राहत हुने धारणा राखे । संघका पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुले स्थानीय सरकार आफ्नै स्रोतले चल्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै संघीय कर प्रणाली नै अहिलेसम्म समस्याको जड भएको तर्क गरे ।
पोखरा पर्यटन परिषद अध्यक्ष चिरञ्जिवी पोखरेलले सेवा उद्योगमा लगाइएको भ्याट अव्यवहारिक भएको जिकिर गरे । संघका उपाध्यक्ष पवन प्रजापतिले व्यवसायीलाई निचोर्ने काम बन्द गरी र साथसाथ लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए ।
संघका महासचिव अर्र्जुन पोखरेलले कर लिँदा व्यवसायीलाई आतंकित बनाउन नहुने जनाए । उनले ३ तहका सरकारबीच समन्वयको अभाव औंल्याए । संघका कार्यसमिति सदस्य हर्कबहादुर अधिकारीले कर उठाएपछि त्यसको कति हिस्सा कहाँ गयो भन्ने जान्न पाउनुपर्ने जनाए । पोखरा ४ की वडा सदस्य विष्णुमाया परियारले जसले जति सक्छ उति कर लगाउने नीति आवश्यक भएको बताइन् । पोउवासंघका कार्यसमिति सदस्य तारानाथ ढुंगानाले घर बहाल कर कम देखाउने प्रवृत्तिले सबैभन्दा बढी राजश्व अपचलन भएको धारणा राखे ।
अर्का कार्यसमिति सदस्य रामबहादुर केसीले राजस्व कर अडिट गरेर बुझाउँदा पनि बेला बेला राजस्वले दुःख दिने गरेको सुनाए । कार्यसमिति सदस्य मुना बास्तोलाले कम्पनी दर्ता गर्न काठमाडौं पुग्नैपर्ने वाध्यता हटाउन माग गरिन् । पश्चिमाञ्चल होटल संघका सदस्य रमेश पौडेलले एकीकृत सम्पत्ति कर लिएपछि पनि त्यही ठाउँमा बनेको सटरमा हुने व्यवसायलाई छुट्टै कर तिर्नुपरेको गुनासो गरे । पोउवासंघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले कर तिर्दा झन्झट कम हुनुपर्ने धारणा राखे । पोखरा महानगर वडा नम्बर ९ की वडा सदस्य गीता चर्माकारले डोकोमा तरकारी बेच्ने जस्ता साना व्यवसायीसँग कर उठाउन समस्या भएको सुनाइन् । अर्थशास्त्री डा. कृष्णराज पन्तले करको दायरा बढाउने, व्यवस्थापन गर्ने लगायतका विषयमा ३ तहका सरकारबीच समन्वय हुनुपर्ने धारणा राखे ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया