सेवामा समर्पण

समाधान संवाददाता २०७६ माघ २४ गते १४:५८

किरणलाल श्रेष्ठ
डिस्ट्र्क्टि गभर्नर २०१९÷२०

रोटरी भनेको स्वार्थभन्दा सेवालाई माथि राखेर काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । जसमा कुनै पनि व्यापार, व्यवसाय तथा अन्य क्षेत्रमा संलग्न भएका व्यक्तिले सदस्य हुन पाउँछन् । मित्रता तथा सेवालाई माथि राखेर आफू पनि अगाडि बढ्ने भन्ने रोटरीको भाव हो । सन् १९०५ मा अमेरिकाको सिकागोमा सर्वप्रथम सुरु भएको थियो । यसका संस्थापकमा पाउल हारिस फेलो मुख्य व्यक्ति थिए । उनले अन्य सहरबाट सिकागो जाँदा आफ्नो साथीलाई भेट्नका लागि एउटा समूह बनाए । समूह बनाएर साथीमात्र भटेर के गर्ने, अब हामीले पनि केही गर्नुपर्छ भन्ने सोचसहित पहिलो सेवा स्वरुप सिकागोमा तालिम प्रदान गरिएको थियो ।

सानो तालिमबाट सुरु भएको रोटरी क्लब अहिले विश्वका २ सय २१ वटा देशमा विस्तारित सानो तालिमबाट सुरु भएको रोटरी क्लब अहिले विश्वका २ सय २१ वटा देशमा विस्तारित छ । यसका ३५ हजार वटा शाखा छन् र यहाँ १२ लाखभन्दा बढी, रोट¥याक्ट २ लाख ५८ हजार, इन्ट¥याक्ट २ लाख ९८ हजार, रोटरी स्पाउस ग्रुप भनेर २ लाख तथा रोटरी आरसिसी भन्ने छुट्टै समूह छ । उनीहरुले आफूलाई रोटरी नभने पनि रोटरी क्लबसँगै मिलेर विभिन्न सामाजिक कार्य गरिरहेका हुन्छन् । सबै गरेर हामीसँग २० लाखको हाराहारीमा सदस्य छन् ।

Advertisement

नेपालमा सन् १९५९ मा रोटरी क्लब भित्रिएको हो । पहिलो क्लब रोटरी क्लब अफ काठमाडौं थियो । जसको प्रथम अध्यक्ष जनरल किरण समशेर थिए । सन् २००८ देखि भने नेपालको आफ्नै डिस्ट्रिक्ट भएको हो । योभन्दा पहिले हामी डिस्ट्रिक्ट ३२९० अन्तर्गत कोलकत्तासँग थियौं । नयाँ डिस्ट्रिक्ट आएसँगै हामीसँग भएका कोलकत्ता र बंगाल क्षेत्र अलग भएर ३२९१ भएको थियो । यसरी अहिले हामीसँग आफ्नै डिस्ट्रिक्ट बनेपछि हामी ३२९२ अन्तर्गत करिब ५ हजार सदस्य क्लबमा छौं । यसमा नेपालको १ सय २५ र भुटानको १ गरेर १ सय २६ वटा क्लब छन् ।

यी सबैले विश्वमा कहीं न कहीं सामाजिक कार्य गरिरहेका हुन्छन् । हामीले विशेष गरेर शिक्षा, स्वास्थ्य, मातृशिशु, खानेपानी लगायतका लागि काम गरिरहेका छौं । साथै रोटरी विश्वमा सबैभन्दा बढी स्कलरसिप दिने संस्था पनि हो । यो संस्थाले शान्ति तथा सुशासनका लागि विभिन्न देशका विद्यार्थीलाई स्कलरसिपमा पढ्न पठाउँछ । खासमा भन्नुपर्दा संयुक्त राष्ट्रसंघ स्थापनाका लागि रोटरी क्लबको भूमिका महत्वपूर्ण छ । खासमा विश्वमा पोलियो उन्मूलन गर्ने पनि हामी रोटरी नै हौं । ३० वर्ष अगाडि पोलियो कसरी उन्मूलन गर्ने भन्ने थियो । हामीले १ वर्षमा ६ बिलियनभन्दा बढीलाई विश्वव्यापी रुपमा यो रोग विरुद्धको खोप दिइसकेका छौं ।

Advertisement

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पोलियो र रोटरी क्लब पर्यायवाची शब्द नै हुन् । अबको हाम्रो लक्ष्य भनेको नेपाललाई सन् २०३० सम्ममा सतप्रतिशत साक्षर देशका रुपमा विश्वसामु चिनाउने नै हो । साक्षर बनाउन हामीले विभिन्न स्थानमा रहेका सरकारी स्कुललाई ह्याप्पी स्कुल बनाउने लक्ष्य लिएका छौं । यसका लागि सरकारसँग सहकार्य तथा हातेमालो गरेर अगाडि बढिरहेका छौं । नेपाललाई साक्षर बनाउने यहाँ भएको रोटरी क्लबबाहेक अन्य संघसंस्था तथा दातृ निकायले पनि हामीलाई सहयोग गरिहेका छन् । अहिले बीचमा नै विद्यालय छोड्ने विद्यार्थीको संख्या पनि धेरै छ । त्यसैले हामीले केही बाध्यता भए उनीहरुको समस्याको समाधान गरेर या फेरी सम्भफाई बुझाई विद्यालय छोडेकालाई पुनः विद्यालय भर्ना गरिदिने लक्ष्य लिएका छौं । यसले साक्षर मुलुक बनाउन धेरै सहयोग मिल्ने हाम्रो विश्वास छ ।

रोजगारीको अभावले दैनिक जस्तो युवा विदेशिरहेका छन् । तर उनीहरु विदेश गइसकेपछि सीपको अभावमा दुख पाइरहेका हुन्छन् र धेरैले विदेशी भूमिमा ज्यान पनि गुमाइरहेका छन् । यस्तो घटनाबाट जोगिन हामीले युवालाई सीपमूलक तालिमको पनि व्यवस्था गर्दै छौं । यी बाहेक रोटरीले नेपालमा २२ करोडको लगानीमा ठूलो परियोजना ल्याउने क्रममा गौतम बुद्ध अस्पताल निर्माण गर्दै छ, जहाँ मुटुको उपचार हुने छ । नजिकै मुटुको अस्पताल नहुँदा अहिले त्यस्ता बिरामी काठमाडौं धाउनुपर्ने अवस्था छ । यो अस्पताल निर्माण सम्पन्न भइसकेपछि उपचारका लागि काठमाडौं नै जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ । त्यस्तै पोखरामा क्यान्सरको सेन्टर स्थापना गर्ने हाम्रो योजना छ । दाङको लमहीमा पनि हामीले डायलासिस सेवा सञ्चालन गरेका छौं । यसका साथै स्वास्थ्य क्षेत्रको विषयमा जनचेतना जगाउन हामीले विभिन्न कार्यक्रमको समेत आयोजना गर्छौं ।

यो वर्षदेखि आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेकालाई सम्मानका लागि गोपाल कमला राजभण्डारीको परिवारले स्थापना गरेको १५ हजार डलरको ‘रोटरी सार्क हिरो’ पुरस्कार दिने छौं । यो पुरस्कार सार्क लेभलमा प्रदान गरिने छ । योभन्दा अगाडि हरेक २ वर्षमा ‘गोपाल कमला भोकेसनल अवार्ड’ दिँदै आएका थियौं, जसको पुरस्कार राशि १० लाख थियो । विगत १० वर्ष यता पत्रकारलाई पनि सम्मान गर्दै आइरहेका छौं । यसका साथै यो वर्ष उत्कृष्ट प्रहरी कर्मचारीलाई पनि सम्मान गरिने छ, जसले विभिन्न अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसका साथै यही समयको अवधिमा विश्वभरी स्वच्छ खानेपानी उपलब्ध गराउने रोटरी क्लबको अन्तर्राष्ट्रिय लक्ष्य लिएको हो ।

पोलियो उन्मुलन गर्ने हामी रोटरियन नै हौं । यति मात्र होइन रोटरी क्लबका धेरै सदस्य अहिले ठूला–ठूला पदमा पुगेका छन् । यो वर्ष हामीले नेपालमा १ सय वटा डाइलासिस मेसिन विभिन्न अस्पतालमा वितरण गरेका छौं र ५० वटा मेसिन प्रदान गर्ने प्रोसेसमा नै छौं । अहिलेसम्म साढे २ करोडको लगानीमा ३० वटा स्कुलको भवन बनाइसकेका छौं । रोटरी क्लबमा रोटरी फाउन्डेसन भन्ने छ । यसमा विभिन्न तहबाट आएका आर्थिक सहयोगलाई राख्छौं । केही प्रतिशत आर्थिक सहयोग हामी आफैंले पनि जम्मा गर्छौं भने केही प्रतिशत अन्य देशमा भएका फाउन्डेसनको अन्य शाखाबाट आउँछ । त्यस्तै राटरी इन्टरनेसनलले ४० प्रतिशत सहयोग गर्छ । यी सबैलाई मिलाएर हामीले कुनै परियोजनामा लगानी गर्छौं । हामीले अहिले पोखराको पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठानमा क्याथल्याब निर्माण गर्दैछौं । सन् २०२० को मार्चमा नै प्रतिष्ठानलाई क्याथल्याब हस्तान्तरण गर्ने हाम्रो योजना छ । विभिन्न राष्ट्रबाट आएका सहयोगले नै हामीलाई काम गर्न सहज भइरहेको छ र आर्थिक रुपमा त्यस्तो केही समस्या पनि छैन ।

म रोटरी क्लबको २०१९÷२० गर्भनर भएको हुँ । मैले आफ्नो कार्यकालको अवधिमा गर्छु भनेका काम केही भइसकेका छन् भने केही हुने प्रोसेसमा छन् । सोचेकोभन्दा बढी नै प्रगति भएका छन् । अब मेरो कार्यकाल अझै बाँकी छ । यो अवधिमा पनि समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्ने मेरो लक्ष्य हो । पोखरामा आयोजना हुने यो कार्यक्रमले देश तथा विदेशमा रहेका रोटरी क्लबका प्रतिनिधिबीच भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास पनि मैले लिएको छु । आशा छ यसबाट विश्वभरि छरिएर रहेका रोटरी क्लबबीच एकरुपता ल्याउन मद्दत पुग्नेछ ।

तपाईको प्रतिक्रिया