वुहानका नेपाली लिन वाइड बडी जहाज शनिबार दिउँसो २ः ४५ बजे उड्ने

समाधान संवाददाता २०७६ फागुन १ गते १६:००

समाधान संवाददाता, काठमाडाैं

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न पर्सि शनिबार दिउँसो २ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ।

वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक छन्।

Advertisement

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन। जहाजको टोलीलाई पाकिस्तानी वा नेपाली पाइलटले नेतृत्व गर्ने भएका छन्।

Advertisement

चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली नागरिकलाई जम्मा पार्ने तयारी गरेको छ। हुवेई प्रान्तको विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी सबैलाई वुहानमा भेला गरिनेछ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न लागेको हो।

फिर्ता गरेर ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ।


तपाईको प्रतिक्रिया