दक्षिण कोरियाली राजदूत पोखरामा

समाधान संवाददाता २०७६ फागुन ५ गते १२:१४

समाधान संवाददाता, पोखरा

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिक र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा सहकार्यका विषयमा छलफल भएको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव अर्जुन पोखरेल सहभागी थिए ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अन्नपूर्ण क्षेत्रको हिउँपहिरोमा ७ कोरियाली नागरिक हराइरहेकोमा दुःख व्यक्त गरे । उनले दक्षिण कोरियाले नेपालीलाई दिएको रोजगार र सहयोगप्रति आभार व्यक्त गरे । काइरालाले पोखराको जलस्रोत, पर्यटन तथा कृषिको क्षेत्रमा कोरियाली लगानी ल्याउन पहल गरिदिन राजदूतसँग आग्रह गरे । राजदूत पार्कले दक्षिण कोरिया सधैं नेपाललाई सघाउन तयार रहेको जनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया