पशुपति आश्रम महायज्ञकाे तेस्रो दिनसम्म १६ लाख संकलन

समाधान संवाददाता २०७६ फागुन ६ गते १४:०२

समाधान संवाददाता
लेखनाथ

पोखरा २९ पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत धनधान्याचल महायज्ञको तस्रो दिनसम्म नगद तथा जिन्सी गरी १६ लाख रुपैयाँ संकलन भएको छ ।

महायज्ञमा सोमबार महायज्ञका सहसंयोजक एवं मन्दिर व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर सुनारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ८ लाख बराबरको जग्गा र त्यसमा निर्मित सटर दान गरेका छन् । पुल्चोक कृषि सहकारी संस्था लिमिटेड पोखरा २९ ले १ लाख ३६ हजार रुपैयाँ दान गरेको छ भने पोखरा २९ पुल्चोककै ईश्वरबहादुर विकले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् ।

Advertisement

यसअघि महायज्ञमा महायज्ञ आयोजक मूल समिति संयोजक गंगा मल्लले स्व.रुद्रबहादुर मल्लको स्मृतिमा २ लाख २२ हजार २ सय २२ रुपैंया, प्रेमकुमारी मल्लले दिवंगत आमाबुबाको पितृउद्धारमा अक्षयकोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ, आदर्श हार्डवेयर पोखरा २९ भण्डारढिकबाट विजय गुरुङ र सुमन हमालले ५५ हजार ५ सय ५५, पोखरा २९ भण्डारढिककी उमादेवी भण्डारीले ५५ हजार ५ सय ५५, पुल्चोक आमा समूह पोखरा २९ भण्डारढिकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेका छन् ।

२०४४ सालदेखि पशुपतिनाथ शान्ति आश्रमका नाउँबाट धार्मिक क्रियाकलाप हुँदै आइरहेको उक्त स्थानमा २०७४ सालदेखि राष्ट्रिय परोपकार महासंघ नेपालले समेत सहकार्य गर्दै आएको छ ।
महायज्ञस्थलमै शिवरात्रि विशेष पूजाआजासहित सामूहिक व्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रमसमेत रहेको छ । महायज्ञ १० गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया