गोरखामा आयोडिन नुनको प्रचार

समाधान संवाददाता २०७६ फागुन १२ गते १५:०८

समाधान संवाददाता
पोखरा

साल्ट ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय पोखराले जनचेतना अभियान २०२० को अवसरमा आयोडिन मन्थ २०२० अन्तर्गत गोरखाको बारकामा प्रचार गरेको छ ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा ज्यादै नपुग भएमा गर्भ तुहिने, मृत शिशु जन्मिने र सुस्त मनस्थितिको बच्चा जन्मिने लगाययतका प्रचार सामग्रीसहित हिमालय माध्यमिक विद्यालय बारपाक गोरखामा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिन युक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहित अन्य सामग्री वितरण गरिएको हो ।

Advertisement

प्रचार सामग्री वितरण गर्दै साल्ट टे«डिङ कर्पोरेसन अञ्चल कार्यालय पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिन युक्त नुन दैनिक सेवन गर्नुपर्ने बताए । उनले शरीरलाई स्वस्थ राख्न आवश्यक पर्ने नुनको प्रयोगलाई ध्यान दिनु पर्नेमा जोड दिए । उनले थोरै मात्रामा दैनिक सेवन गर्दा अति उपयुक्त हुने र रोगबाट बचाउन मद्दत पुग्ेन उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थीले बारपाक वरपर सूचनामूलक प्लेकार्डसहित र्‍याली गरेका थिए । कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भूषण उपाध्याय, साल्ट ट्रेडिङ गण्डकीका लेखा प्रमुख सागर शेरचन, शशिकुमार श्रेष्ठ, गीता ज्ञवाली, डा. राजेन्द्र मानन्धर, कैलाश रन्जित, महेन्द्रखाँड ठकुरी, भेषबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ लगायतले सचेतनामूलक कार्यक्रममा बोलेका थिए । हिमालय मावि बारपाकका प्रअ जैनबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मी भट्टले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया