भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना

समाधान संवाददाता २०७६ चैत ७ गते १३:५१

रासस

भक्तपुरको मध्यपुरठिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।

Advertisement

कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’  मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ।

यो ल्याबबाट कोरोनाका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न सकिनेछ। काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो। कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भइरहेको बताइएको छ।

Advertisement

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।

कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’  मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ।

यो ल्याबबाट कोरोनाका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न सकिनेछ। काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो। कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भइरहेको बताइएको छ।

अस्पतालका लागि इन्टरपेड नेपालले नौ सेट पिपिइ पोशाक र पोशाक लगाउनेलगायतको तालिम दिएको हो। कोरोनाका शंकास्पद बिरामी आएमा अस्पतालले डेण्टल र फिजियोथेरापीका लागि निर्माण गरेको ३० शैया क्षमताको नयाँ भवनसमेत प्रयोगमा ल्याउने तयारी गरेको छ।

नगरपालिकाले हालै करिब ४० लाख रुपैयाँमा खरिद गरेको एम्बुलेन्सलाई कोरोना संक्रमितका शंकास्पद बिरामी बोक्न तयारी अवस्थामा राखेको छ।

‘नगरपालिकाले नयाँ एम्बुलेन्सलाई आवश्यकता पर्दा कोरोना संक्रमित बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेका छौँ, एम्बुलेन्स चालक र बिरामीबीच कुनै पनि सम्पर्क नहुने गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका हौँ,’ उनले भने।

अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रौशनले अस्पताल संकटको बेलामा कसरी परिचालन हुने भनेर तयारी अवस्थामा रहेको बताए। उनले नगरपालिकाको सहयोगमा अस्पताल कोभिड–१९ को संक्रमण रोक्न, जनचेतना प्रवाह गर्ने कार्यमा समेत सक्रिय रहेको बताए।

तपाईको प्रतिक्रिया