४ जनाको स्वाब परीक्षण गर्न पोखरा

समाधान संवाददाता २०७६ चैत २० गते २०:२१

सुशील सुवेदी, वालिङ

कोरोना संक्रमण भए नभएको पहिचान गर्ने उपकरण  पि सी आर गण्डकी प्रदेशमा पनि उपलब्ध भएसँगै स्याङजाका ४ शंकास्पद बिरामीको स्वाब पोखरा पठाइएको छ ।


वालिङ नगरपालिकाको १ जना र चापाकोट नगरपालिकाको ३ जना बिरामीको स्वाब आज पोखरा पठाइएको जिल्ला प्रशासन कार्यालय स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताएकाछन्  ।


चापाकोटकी ३४ बर्षिय महिलालाइ ज्वरो आएपछी गह्रौं प्राथमिक अस्पत्ताल वालिङमा परीक्षण गराउन आउँदा शंकास्पद लक्षण देखेपछी उनको स्वाब परीक्षण गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको हो । अहिले उनी सहित उनको श्रीमान् र ससुरालाइ वालिङ स्थित क्वारेन्टाइनमा राखिएको छ ।


  उनको ३५ बर्षिय श्रीमान् गत फागुन २६ गते कतारबाट नेपाल आएका थिए । श्रीमान् र ससुरालाइ भने कुनै लक्षण नदेखिएपनी क्वारेन्टाइनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।


  पछिल्लो समयमा धनगढीमा कोरोना पोजेटिभ देखिएपछी उच्च सतर्कता अपनाउँदै उनीसँगै आएका वालिङ नगरपालिका १३ का ३५ बर्षिय युवाको पनि स्वाब परीक्षण गर्न पठाइएको वालिङ नपा वडा नं १३ का वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिए ।   


  प्रदेश राजधानी पोखरामा कोरोना भाइरसको चक जाँच गर्ने उपकरण पि सी आर ( पोलीमर चेन रियाक्सन ) बुधबारबाट संचालनमा आएको हो । एउटा स्याम्पल चेक जाँच गर्न करीब डेढ घण्टा लाग्ने गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला का निमीत्त निर्देशक सपना सुबेदीले बताइन् । स्याङजाबाट पठाइएको स्वाबको नतिजा आउन २४ घण्टा लाग्ने सुबेदीले बताइन् । स्वाब परीक्षण गर्ने चाप बढी भएकोले शुक्रबार सम्म नतिजा आउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया