काेराेना काेषमा राेटरीकाे १ कराेड सहयाेग
समाधान संवाददाता
२०७६ चैत २२ गते १९:०९

समाधान संवाददाता, पाेखरा
नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएका छन् ।
स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का
गभर्नर किरणलाल श्रेष्ठले गर्नुभएको छ ।
नेपालका विभिन्न स्थानमा रहेका १२४ क्लबका रोटरियनहरुले स्थानीयस्तरमा मास्क, खाद्यान्न, पिपिई, स्यानिटाइजर र कीटनाशक औषधि वितरण एवं सार्वजनिकस्थलमा हात धुने स्थान निर्माण तथा स्थानीय सरकारसँग मिलेर आइसोलेशन वार्ड र कोरोना सूचना केन्द्र निर्माण गरिरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया