एनएमबि बैंकद्वारा गण्डकी सरकारलाई १ सय सेट पिपिई हस्तान्तरण

समाधान संवाददाता २०७६ चैत २७ गते १९:०६

पाेखरा

एनएमबि बैंकले गण्डकी प्रदेशसरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले संयुक्त रुपमा बिहीबार १ सय सेट गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे ।

Advertisement

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।

सञ्चालक प्रधानले यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा एनएमबी बैंकको पनि प्रतिबद्धता रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया