बाराका २ र वीरगञ्जका १ जनामा काेराेना, संक्रमित ५७ पुगे
काठमाडौं
नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार ३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका २ र पर्साका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्।
संक्रमित हुनेमा बाराको जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । यस्तै अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनैजना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर फर्किएका थिए ।
गएको आइतबार वीरगञ्जका २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एकजना दिल्लीको धार्मिकसभामा सहभागी भएका थिए ।
उनीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनकै रिपोर्ट पोजेटिभ भएको आएको हो । यसैगरी बाराका संक्रमित पनि जमातीको सम्पर्कमा आएको हुन् ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया