कर्मकाण्ड गर्ने गुरुलाई सवारी पास उपलब्ध गराउन माग

समाधान संवाददाता २०७७ वैशाख १७ गते २१:०८

काठमाडाैं

सांस्कृतिक छात्र संघ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन् ।

नेपालको बहुसङ्ख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र सङ्घ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताउनुभयो ।

पैँतीस दिनदेखिको लकडाउनले मठमन्दिरको दैनिक पूजा आरधनाको काम गर्न समस्या भएको भन्दै पासको आवश्यकता परेको आचार्यले बताउनुभयो ।

Advertisement

आचार्य भन्नुहुन्छ, “हाम्रो परम्परामा मन्दिरको दैनिक पूजा, दशगात्रादि कर्म साथै तिथि श्राद्ध, न्वारनजस्ता क्रिया नियमित हुने भएकाले उक्त सङ्घको सिफारिसमा आवतजावतको लागि पास आवश्यक परेको हो । रासस

Advertisement

तपाईको प्रतिक्रिया