दराैंखाेला सामीप्य समाजले प्रदान गर्‍याे पालिकालाई सहयाेग

समाधान संवाददाता २०७७ वैशाख १८ गते १७:३८

पाेखरा

दराैंखाेला सामीप्य समाजले अर्जुन चाैपारी गाउँ पालिका, पुतलीबजार नगर पालिका र भिरकाेट नगर पालिकाका आकस्मिक काेषमा आर्थिक सहयाेग गरेकाे छ ।

समाजकाे सामाजिक दायित्वअन्तर्गत लकडाउनकाे समयमा निम्न वर्गीय विपन्न वर्गले राहत पाउन् भन्ने हेतु समाजका क्षेत्रभित्रका ३ पालिकालाई ५ हजार ५ का दरले सहयाेग गरेकाे हाे ।

Advertisement

संस्थाका उपाध्यक्ष बाेधराज गाैतम, सचिव डाेलराज अर्याल, सिस्नेपानी गाउँ संयाेजक ताेयनारायण रिजाल र अर्जुन चाैपारी गाउँ संयाेजक घनश्याम अर्यालकाे सक्रियतामा सहयाेग गरिएकाे हाे । संस्थाले पाेखरामा रहेका दराैँखाेलेहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयाेग गर्ने यसअघि नै सार्वजनिक गरिसकेकाे सचिव डाेलराज अर्यालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया