दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि
समाधान संवाददाता
२०७७ जेठ १७ गते १९:४४

दैलेख
दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ ।
वडा नं ११ कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवाको शनिबार नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
बिहीबार उनकाे स्वाब संकलन गरिएको थियो । यही जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो ।
मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताए । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलाे हुन् ।
याेसँगै नेपालमा काेराेनाबाट हालसम्म ७ जनाकाे मृत्यु भएकाे छ ।
सम्बन्धित









अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
बेनीको तोरीपानीमा ‘सयपत्री होमस्टे’ : आँगनबाटै हिमाल, १५ सयमै प्याकेज
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया