थप ४४८ जनामा कोरोना, संक्रमित ५ हजार नाघे
समाधान संवाददाता
२०७७ जेठ ३० गते १६:२९

समाधान संवाददाता
नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै गरेर नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । देशका विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा भने अहिलेसम्म १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया