बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
समाधान संवाददाता
२०७७ जेठ ३२ गते १५:१८

पोखरा
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको मुम्बई पुलिसलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।
३४ वर्षे उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए ।
उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।
मेरा दिल नामक टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन सिरियलबाट चर्चामा आएका थिए ।
सम्बन्धित







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया