काेरोना संक्रमित ३ वर्षे छोरा स्याहार्न १९ वर्षे आमा आइसोलेनसनमा

समाधान संवाददाता २०७७ जेठ ३२ गते १६:४८

समाधान संवाददाता
स्याङ्जा

कोरोना संक्रमणको पिसिआर नजिता नेगेटिभ भएको व्यक्ति आइसोलेसन कक्षमा बस्छ भन्दा पत्यार सबैलाई नलाग्न सक्छ । स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा अर्जुन चौपारी ४ की १९ वर्षीय १ महिला पिसिआर नजिता नेगेटिभ आउँदा समेत आइसोलेन कक्षमा छन् ।

भारतको नयाँ दिल्लीबाट नेपाल आएर अर्जुनचौपारी ४ को जन मावि क्वारेन्टाइनमा बसेकी परियार ३ वर्षे छोरामा कोरोना संक्रमण भेटिएपछि छोराको स्याहारमा आइसोलेसनमा पुगेकी हुन् ।

Advertisement

दिल्लीबाट सुनाैली हुँदै जेठ ११ गते जिप रिजर्भ गरेर ७ जना गाउँपालिका पुगेकोमा ३ वर्षे बालकमा मात्र कोरोना संक्रमण देखिएको थियो ।

जेठ १३ गतेबाट क्वारेन्टाइनमा बसेको परिवारबाट १८ औं दिनमा संक्रमण भेटिएको बताउँदै ती महिलाले सानो छोराको लागि जोखिम मोलेर आइसोलेसनमा आएको बताइन् ।

Advertisement

रोगको जोखिमभन्दा पनि छोरोको माया लागेको बताउँदै उनले कोरोना नेगेटिभ २१ जना संक्रमितको ठूलो समूहमा बस्नु परेकोमा दुखेसो गरिन् । १८ औं दिनसम्म कोरोनाको कुनै संक्रमण आफूमा नभेटिएको बताउँदै दिल्लीबाटै सुरक्षित आउँदा छोरोमा मात्र कसरी संक्रमण भयो अचम्मै परेको सुनिउँछिन् ।

आइसोलेनमा राखिएका ३ वर्षेय बालकमा कुनै समस्या र लक्षण नरहेको तथा आफूमा समेत कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिएको ती महिलाले बताइन् ।

छोरामा कुनै लक्षण पनि नभएको बताउँदै उनले आइसोलेनमा ट्वाइलेट र धारा संङक्रमितसँगै प्रयो गर्दै आफूमा पनि संक्रमण हुनसक्ने चिन्ता व्यक्त गरिन् ।

अस्पतालमा पुगेको ४ दिनसम्म कोही डाक्टर र नर्सहरु बुझ्न हालसम्म नआएको बताउँदै परियारले खाना समेत दाल, भात र तरकारीमात्र रहेको सुनाइन् ।

कोरोना नेगेटिभ भएर संक्रमितसँगै आइसोलेनमा बसेकी ती महिलाले स्वाब लिएर कोरोना भाइरसको फेरि परीक्षण गरिदिन आग्रह गरिन् ।

क्वारेन्टाइनमा हुँदा छोरालाई खुवाउने दूधको व्यवस्था भए पनि आइसोलेनमा भने बच्चाका लागि अलगै खाना नभएको गुनासो गरिन् ।

अस्पतालका प्रशासकीय अधिकृत छायादत्त रेग्मीले नियमित खानावाहेक कोरोना संक्रमितलाई १ दिन बिराइ अन्डा दिने गरेको बताउँछन् । सामान्य अवस्थामा डाक्टर र नर्स आइसोलेसनमा जाने आउने गर्ने प्रोटोकल नभएकाले संक्रमितमा केही समस्या देखिएमात्र परीक्षणका लागि जाने गरेको उनको भनाइ थियो ।

कालिका सामुदायिक अस्पतालको आइसोलेनमा अहिले २ तलामा ५२ जना बस्दै आएका छन् ।

जिल्लामा जेठ १३ गतेबाट संक्रमण देखिन थालेकोमा हालसम्म ६० जना पुगेका छन् । ३ जना कोरोना जितेर घर फर्केका छन् । कोरोना भाइरसका कारण स्याङ्जाको वालिङका ५८ वर्षीय १ जनाको पोखरामा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया