राजश्वको स्रोत बढाउनुपर्यो

रोशन गाहामगर
नेकपा/नवलपुर
विषय वा प्रसंगले अर्को नलाग्ने गरी म भन्छु । नवलपुरको ४ नगरपालिकाका क्वारेन्टाइनमा रहेकाको पिसिआर समयमै हुन सकेको छैन दुखी छु । टेकुबाट नै कि भरतपुर कि बुटवल तोकिदिनु पर्यो कहाँ पिसिआर गर्ने भनेर । पोखरा ल्याएर परीक्षण गर्दा नवलपुरमा महिना दिनसम्म रिपोर्ट जान नसक्दा हामी दुखी छौं ।
रजहरमा स्थापना गरिएको आइसोलेसनमा सुरक्षाकर्मीका लागि चाहिने सामग्री पनि व्यवस्था गरियोस् । स्वास्थ्य मन्त्रालय र निर्देशनालयको कार्यविधि परक छ । सुधार हुनुपर्यो । सम्बन्धित निकायबाट विभेद गर्दा दुख लाग्छ । अब त्यस्तो नहोस ।
अब म विनियोजनामा कुरा राख्छु । हेलो मुख्यमन्त्री कार्यक्रमसहित जनताको समस्यालाई प्रदेश सरकारको प्रमुखसँग प्रत्यक्ष सम्पर्क हुन पाउने राम्रो काम हुँदै आएको छ । मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रम पनि राम्रो छ । प्रदेशलाई विकासको गतिमा अगाडि बढाउन सकारात्मक काम भइरहेको छ ।
आर्थिक मामिलाको विषयमा कोभिडले आर्थिक अवस्था साँघुरो बनाइदिएको छ । विपद राहत कोष बढाउनु पर्ने, राजश्वको स्रोत बढाउनुपर्ने, पालिकाहरुमा दहत्तर बहत्तरको ठेक्का लाग्न सकेको छैन । यसको वातावरण बनाउन जरुरी छ ।
पहुँचका आधारमा बजेट विनियोजन हुनु भएन, प्राथमिकतामा आधारमा हुनुपर्छ । संघीयतामा हामी निर्वाचित भए पनि समानुपातिक भए पनि धेरथोर निर्वाचन क्षेत्रमा रकम परेको छ । संघीयता नआएको भए बाटोको लागि ५ थरी फाइल लिएर सिंहदरबार धाउनुपथ्र्यो । अहिले त्यो अवस्था अन्त्य भएको छ । हामी यो मानेमा खुसी छौं ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार गाहामगरले राखेकाे विचार







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया