सहारालाई प्रशिक्षक हुमागाईंको सहयोग

समाधान संवाददाता २०७७ असार २२ गते १९:०२


समाधान संवाददाता
फुटबल प्रशिक्षक प्रदीप हुमागाईंले सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई नगद सहयोग गरेका छन् ।


एफसीका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुमागाईंले आफ्नाका लागि २२ असार सोमबारको दिन ‘स्पेसल डे’का रुपमा रहेकोले ११ हजार ७ सय ४८ रूपैयाँ सहयोग गरेको बताएका छन् । यो स्पेसल डे के हो भन्नेबारे भन्ने उनले खुलाउन भने चाहेनन् । तर आफूले यो दिनलाई एकेडेमीमा आश्रित बालकलाई केही दिएर सम्झिन चाहेको बताए । जुलाई ७ लाई स्पेसल डेका रुपमा मनाउने गरेको उनले बताए ।


कुनै बेला थ्री स्टार क्लबको प्रशिक्षकको भूमिकामा रहेका हुमागाईं यतिबेला अमेरिकास्थित स्ट्रोडवर्ग हाई स्कुलमा र केही स्टोन एथलेटिक क्लबका मुख्य फुटबल प्रशिक्षक छन् । उनी नेपाल आउँदा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोगसँगै प्रशिक्षणसमेत दिने गरेका छन् ।

Advertisement


आफ्नो स्पेसल डेका दिन एकेडेमीका बालकहरुलाई सम्झिएर अमेरिकादेखि सहयोग गरेकोमा सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले हुमागाईंलाई आभार प्रकट गरेका छन् । यो सहयोग कोभिड १९ले भएको लकडाउनले समस्यामा रहेका बालकका लागि खाद्यान्नका लागि खर्च गरिने एकेडेमीका संयोजक विश्वराज बरालले बताए ।


सहारा एकेडेमीहाल विभिन्न जिल्लाका २६ जना विपन्न तथा कठिन परिस्थितिका बालकहरु आश्रित छन् । क्लबले उनीहरुलाई फुटबल प्रशिक्षणसँगै शिक्षा र भरणपोषण गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया