सहारालाई प्रशिक्षक हुमागाईंको सहयोग

समाधान संवाददाता
फुटबल प्रशिक्षक प्रदीप हुमागाईंले सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई नगद सहयोग गरेका छन् ।
एफसीका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुमागाईंले आफ्नाका लागि २२ असार सोमबारको दिन ‘स्पेसल डे’का रुपमा रहेकोले ११ हजार ७ सय ४८ रूपैयाँ सहयोग गरेको बताएका छन् । यो स्पेसल डे के हो भन्नेबारे भन्ने उनले खुलाउन भने चाहेनन् । तर आफूले यो दिनलाई एकेडेमीमा आश्रित बालकलाई केही दिएर सम्झिन चाहेको बताए । जुलाई ७ लाई स्पेसल डेका रुपमा मनाउने गरेको उनले बताए ।
कुनै बेला थ्री स्टार क्लबको प्रशिक्षकको भूमिकामा रहेका हुमागाईं यतिबेला अमेरिकास्थित स्ट्रोडवर्ग हाई स्कुलमा र केही स्टोन एथलेटिक क्लबका मुख्य फुटबल प्रशिक्षक छन् । उनी नेपाल आउँदा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोगसँगै प्रशिक्षणसमेत दिने गरेका छन् ।
आफ्नो स्पेसल डेका दिन एकेडेमीका बालकहरुलाई सम्झिएर अमेरिकादेखि सहयोग गरेकोमा सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले हुमागाईंलाई आभार प्रकट गरेका छन् । यो सहयोग कोभिड १९ले भएको लकडाउनले समस्यामा रहेका बालकका लागि खाद्यान्नका लागि खर्च गरिने एकेडेमीका संयोजक विश्वराज बरालले बताए ।
सहारा एकेडेमीहाल विभिन्न जिल्लाका २६ जना विपन्न तथा कठिन परिस्थितिका बालकहरु आश्रित छन् । क्लबले उनीहरुलाई फुटबल प्रशिक्षणसँगै शिक्षा र भरणपोषण गर्दै आइरहेको छ ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया