कमजोर स्पानियोलमाथि बार्सिलोनाको कठिन जित

समाधान संवाददाता २०७७ असार २५ गते १०:११

एजेन्सी

अंक तालिकाको पुच्छारमा रहेको स्पानियोल माथि उपाधीको दावेदार रहेको बार्सिलोनाले कठिन जित हात पारेको छ । यो जितसंगै बार्सिलोनाको उपाधीको आशा कायमै रहेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब कायम गरेको हो ।

Advertisement

१० खेलाडीमा सीमित भएको बार्सिलोनाले १० खेलाडीमै सीमित भएको स्पानियोललाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा ५० औँ मिनेटमा आन्शु फाती सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटमापछि स्पानियोलका लोजानो पनि सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

Advertisement

५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णयक बन्यो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको एक अंक बढी रहेको छ ।

बार्सिलोनासँग पराजित भएको स्पानियोल भने ला लिगाबाट रेलिगेशनमा पर्ने पक्का भएको छ । पुछारको टिम स्पानियोलको लिगका तीन खेल बाँकी हुँदा मात्रै २४ अंक भएको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई ३–० तथा भिल्लारियलले गेटाफेलाई ३–१ ले पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया