अग्नि कँडेलबाट ३ महिनाको भाडा छुट
रासस
पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ ।
लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ ।
“असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ”, कँडेलले भने ।
उनकी श्रीमती निर्मलाले ३ महिनाको ६ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताए ।
पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गरेको ३ महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताए । रासस
तपाईको प्रतिक्रिया