म्यानयुकाे प्रभावशाली जित

समाधान संवाददाता २०७७ असार २६ गते ९:००

एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

अवे मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

Advertisement

२७ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा म्यासन ग्रिनवूडले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा दुई गोलको अग्रता लियो ।

पउल पोग्बाले ५८ औँ मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भएको हो । युनाइटेडको प्रभावशाली जितले एस्टन भिल्लाको रेलिगेशन सम्भावना थप बढेको छ ।

Advertisement

पाँचौँ स्थानको युनाइटेडको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको ५९ अंक छ । रेलिगेशनको जोखिममा रहेको एस्टन भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा बोर्नमाउथ र टोटनह्यामले गोलरहित तथा एभर्टन र साउथह्याम्पटनले १-१ को बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया