रियल मड्रिड उपाधी नजिक
एजेन्सी
स्पेनिस ला लिगामा रियल मड्रिड लिग फुटबलको उपाधी नजिकै पुगेको छ । उसको निकटतम प्रतिद्वन्दी बार्सिलोनाले बाँकी रहेका सबै खेल जितेपनि रियललाई उपाधी होडबाट बाहिर पुर्याउने सम्भावना न्यून भएको छ ।
रियलले लिगका बाँकी ३ खेल मध्ये २ मा जित हात पारेमा उपाधी उचाल्नेछ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित दर्ता गरी उपाधिको थप नजिक पुगेको हो ।
बाँकी तीन मध्ये दुई खेलमा जित निकालेमा जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो ८ वर्षमा दोस्रो पटक ला लिगाको उपाधि उचाल्ने छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमा र मार्को एसेन्सिओले गोल गरे। ११ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । यस्तै ५० औँ मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको छ ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३५ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ७६ अंक छ।
यस्तै लिग अन्तर्गत शुक्रबार राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।
फाइल तस्विर
तपाईको प्रतिक्रिया