चेल्सीको बिर्सन लायक खेल

समाधान संवाददाता २०७७ असार २८ गते ११:१७

एजेन्सी

इङलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सीले बिर्सलन लायकको खेल प्रदर्शन गरेको छ । शेफिल्ड युनाइटेडसँग भएको खेलमा चेल्सी एकतर्फी रुपमा पराजित भयो । उसले ३–० को खराब नजितासहित खेल समाप्त गर्यो ।

डेविड म्याकगोल्डरिकले घरेलु मैदानमा दुई गोल गरेपछि शेफिल्डले लण्डन क्लब चेल्सीमाथि शानदार जित हात पारेको हो । म्याकगोल्डरिकले खेलको १८औं र ७७औं मिनेटमा गोल गरे ।

Advertisement

यस्तै ओलिभर म्याकबर्नीले ३३औं मिनेटमा गोल गरे । तेस्रो स्थानको चेल्सी पराजित भएपछि चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडलाई भने फाइदा पुगेको छ ।

हारपछि ३५ खेलबाट ६० अंक रहेको चेल्सी तेस्रो स्थानमा यथावत नै छ । तर लेस्टर र युनाइटेडले अबको खेल जितेमा भने चेल्सीलाई पछि पार्न सक्नेछ । ३४ खेल खेलेका लेस्टरको ५९ र युनाइटेडको ५८ अंक छ ।

Advertisement

चेल्सीलाई हराएको शेफिल्डले ३५ खेलबाट ५४ अंक जोडेको छ र छैटौं स्थानमा उक्लेको छ ।

तपाईको प्रतिक्रिया