राखेप सदस्य सचिवमा पोखराका तेज गुरुङसहित २७ को आवेदन

समाधान संवाददाता २०७७ साउन १ गते १९:५४

काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि पोखराका २ जनासहित २७ जनाको आवेदन परेको छ । पोखराका तेज गुरुङ र मनबहादुर गुरुङसहितको आवेदन परेको हो ।
परिवर्तित कानुनी व्यवस्था अनुसार राखेप सदस्य सचिवका लागि आवेदन आह्वान भएको थियो ।

७ दिने म्यादसहित खेलकुद मन्त्रालयले सूचना जारी गरेको थियो । नयाँ कानुनी प्रावधानकै कारण यसअघिका सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका थिए । नयाँ सदस्य सचिवका लागि उनले समेत आवेदन दिएका छन् ।

Advertisement


यसअघि, खेलकुद मन्त्रीले सिधै सदस्य सचिव नियुक्त गर्ने व्यवस्था थियो । । नयाँ ऐनले मन्त्रिपरिषद्बाट सदस्य सचिव नियुक्ति गर्ने व्यवस्था गरेको छ ।


नयाँ ऐनले राखेपका धेरै अधिकार कटौती गर्दै मन्त्रालयमा सारेको छ । मन्त्रालयले सचिवको नेतृत्वमा १ महिला सहित २ विज्ञ राखेर सिफारिस समिति बनाउँछ ।

Advertisement

एक साताअघि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा खेलकुद विज्ञको रुपमा इन्दिरा निरौला र रिम रानाभाटको सिफारिस समित गठन गरेको थियो ।


समितिको पहिलो बैठकले नियुक्ति प्रक्रियाको कार्यविधि बनाउँदै ७ दिने खुल्ला दर्खास्त आह्वान गर्यो । अन्तिम दिन बिहिबार साँझ ५ बजेसम्म २७ जनाले सदस्य सचिवको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।


सिफारिस समितिले १ महिला सहित ३ जनाको नाम मन्त्रालयमा प्रस्ताव गर्नेछ । त्यही प्रस्ताव मन्त्रिपरिषदमा मन्त्रालयले लैजानेछ ।

तपाईको प्रतिक्रिया