रियल मड्रिड ला लिगा च्याम्पियन, उछालिए जिदाने

एजेन्सी
स्पेनिस लिग फुटबल प्रतियोगिता ला लिगाको उपाधी रियल मड्रिडले जितेको छ । कोरोना भाइरसका कारण दर्शक विहीन मैदानमा भएको खेलमा रियल मड्रिडले जितको खुशी आफ्ना हजारौं समर्थकसंग मैदान मै साट्न त पाएन, तर खुशियाली भन्ने मज्जाले मनायो ।
्
कोरोना भाइरसबाट स्पेन प्रभावित नभएको भए आफ्नो प्रिय टिमले उपाधी उचाल्ने अन्तिम खेल हेर्न हजारौं दर्शक स्पेडियम पुगेका हुन्थे । तर उनीहरु सबै घरमै बसेर खेल हेर्न विवश थिए ।
जसो भएपरिियल मड्रिडले उपाधी उचाल्यो । उपाधी चुमेपछि खेलाडीले आफ्ना प्रिय एवं सफल प्रशिक्षक फ्रान्सेली जिनेदाने जिदानेलाई हावामा उछाले । त्यो दृश्य टिभीमा हेरेरै विश्वका फुटबल प्रेमीले आनन्द लिए ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा भिल्लारियललाई पराजित गरी जिनेदिन जिदानको टिम रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २–१ ले पराजित गरेको हो ।
रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे र उनले २९ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काए ।
जिदानको टिम रियल मड्रिडलाई लिगका अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो उपाधि जित्नका लागि । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि जितेको छ ।
रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।
जिदानको टिमले कोरोना भाइरसको महामारीपछि जुनमा फुटबल पुनः सुरु भयताका सबै १० खेलमा जित निकालेको छ ।
अब उसले लिगको अन्तिम खेल खेल्न बाँकी छ तर सो खेलमा पराजित नै भए पनि दोस्रो स्थानको बार्सिलोनाले उछिन्नँ सक्दैन ।
बन्द रंगशालामा भएको खेलमा रियल मड्रिडले ३४ औँ पटक ला लिगाको उपाधि जितेको हो।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया