लिभरपूल ५, चेल्सी ३
एजेन्सी
च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको यो सिजनको ३७ औँ खेलमा चेल्सीमाथि ५–३ को जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल फर्काएको हो ।
२३ औँ मिनेटमा नाबी केइताले गोल गरी लिभरपुललाई सुरुवाति अग्रता दिलाए । ३८ औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर–अनोल्ड तथा ४३ औँ मिनेटमा जर्जिनिओ विनाल्डमले गोल गरी लिभरपुललाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले चेल्सीका लागि एक गोल फर्काए । ५५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८४ औँ मिनेटमा एलेक्स ओक्सलेड–चेम्बरलेनले लिभरपुलका लागि गोल गरे ।
चेल्सीका लागि ६१ औँ मिनेटमा ट्यामी अब्राहम र ७३ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेका हुन् । जितपछि लिभरपुलेको ९६ अंक भएको छ । उसले उपाधि पनि औपचारिक रुपमा उचालेको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा छ ।
तपाईको प्रतिक्रिया