जुलाई ३० देखि क्रिकेट विश्वकप सुपर लिग
समाधान संवाददाता
२०७७ साउन १२ गते १४:२८
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Icc.jpg)
एजेन्सी
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आधिकारिक रुपमा आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ ।
लिग साउथ ह्याम्पटनमा जुलाई ३० देखि सुरु हुनेछ । सुपर लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबिचको एक दिवशीय शृङ्खलाबाट सुरु हुनेछ ।
सुपर लिगले सन् २०२३ मा भारतमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकपका लागि छनौट हुने टिमको टुंगो लगाउने छ ।
सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । त्यसमध्ये १२ टिम आइसिसीका पूर्ण सदस्य हुन् भने आइसिसी विश्व क्रिकेट सुपर लिग २०१५–१७ जितेर स्थान बनाएको नेदरल्याण्डस् अर्को टिम हो ।
सुपर लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्ने छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया