एम्बाप्पे घाइते, ३ हप्ता खेल्न नसक्ने

समाधान संवाददाता २०७७ साउन १३ गते ६:३६

एजेन्सी

चर्चित युवा फुटबलर एम्बापे कम्तीमा ३ हप्ता मैदान भन्दा बाहिर रहने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीका फरवार्ड केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका हु्न् ।

उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका छन् ।

Advertisement

२१ वर्षका एमबाप्पे फ्रेन्च कप अन्तर्गत शुक्रबार राति भएको फाइनल खेलको क्रममा चोटग्रस्त भएका थिए । चोट लागेपछि रुँदै मैदानबाट बाहिरिएका उनको डाक्टरहरुले निगरानी गरिरहेका छन्।

उनी पिएसजी सेमिफाइनलमा पुग्न सकेमा १८ अगस्टमा हुने खेलका लागि भने मैदानमा उपलब्ध हुन सक्ने छन् ।

Advertisement

स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ । पिएसजीले वक्तव्य जारी गरेर भनेको छ, ‘एमबाप्पे तीन हप्ता साइडलाइन हुने देखिएको छ ।’

तपाईको प्रतिक्रिया