भालुपहाड मुन्तिर भेटियो पंकज गिरीको कंकाल

समाधान संवाददाता २०७७ साउन १९ गते १३:१४

समाधान संवाददाता


महिना दिनदेखि मोटरसाइकलसहित हराएका स्याङ्जाका पंकज गिरीको कंकाल भालुपहाड मुन्तिर आज सोमबार भेटिएको छ । बुलेट मोटरसाइकल हिजो साँझ भेटिएकै ठाउँनजिक उनको कंकाल भेटिएको हो ।


पंकज बुलेट बाइकसहित असार १८ गतेदेखि हराएका थिए । माछा मार्न जाने व्यक्तिले हिजो बुलेट बाइकदेखेपछि पंकजको समेत त्यसै वरिपरि खोजी भएको थियो । आज उनको हाडखोरमात्रै भेटिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

Advertisement

पंकजका आफन्तले घटनास्थलमा भेटिएका लुगाफाटोका आधारमा कंकाल उनकै भएको पहिचान गरेका थिए । सोही आधारमा उक्त कंकाल पंकजकै भएको प्रारम्भिक निक्र्याेल प्रहरीले निकालेको हो ।
स्याङ्जाका प्रहरी नायब उपरीक्षक डिएसपी राजेन्द्र अधिकारीका अनुसार कंकाल भेटिएपछि पहिचानका लागि पंकजका आफन्तलाई डाकिएको थियो । आज मध्याह्न १२ बजेपछि घटनास्थल पुगेका आफन्तले सनाखत गरेका थिए ।


पंकजको दुर्घटनाबश वा कसैले मारेर ज्यान गएको हो भन्ने यकीन भएको छैन । त्यसको अनुसन्धान सुरु भएको जानकारी डिएसपी अधिकारीले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया