पर्वत दम्पती हत्या आरोपमा २ जना पक्राउ

समाधान संवाददाता २०८१ वैशाख १८ गते १५:१४

पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक पर्वतबाट र दिपक परियारलाई पोखराबाट पक्राउ गरेको हो ।

गत १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया