गण्डकीमा लागु हुँदैन जाेरबिजाेर प्रणाली

पाेखरा
दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सरकारले आजदेखि जोरबिजोर प्रणाली लागु गरेकाे छ । संक्रमण देखिएर निको नभएकाहरु नै सक्रिय संक्रमित हुन्।
सरकारले २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो। गण्डकी प्रदेशका कुनै पनि जिल्लामा हाल यतिकाे संख्यामा सक्रिय संक्रमित नभएका कारण यहाँ भने जाेर बिजाेर प्रणााली लागु हुने छैन ।
स्याङ्जामा समुदायस्तरमै काेराेना फैलिएकाले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ । कास्कीमा पनि ड्युटीमा खटिएका प्रहरी हबलदार, चिकत्सक र उनकाे परिवार अनि नर्समा समेत काेराेना देखिएकाे छ ।
हाल काठमाडौं उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
जनस्वास्थ्यको मापदण्डअनुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको गृह मन्त्रालयलये जानकारी दिएको छ।
गृह मन्त्रालयले काठमाडौं उपत्यकामा पनि यो नियम लागू गर्न निर्देशन दिएको छ।
२ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया