पोखरा शिवमार्गबाट गाँजा सहित २ जना पक्राउ

समाधान संवाददाता २०७७ साउन २६ गते १३:५६

समाधान संवाददाता, पोखरा

वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पोखरा १० शिवमार्गबाट २ जनालाई १ किलो २ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ४ बाङगेश्वारा घर भई हाल पोखरा १० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर विक र धादिङ सिद्धलेक गाउँपालिका ६ कुम्पुर घर भई हाल पोखरा १० बस्ने २३ वर्षिय रोहित घले रहेका छन् ।

Advertisement

शिवमार्गस्थित लागूऔषध गाँजा सेवन तथा बिक्री गरेको गोप्य खबर पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ पर्नेलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया