एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित
समाधान संवाददाता
२०७७ साउन २६ गते १८:३०

रासस. काठमाण्डाैं ।
कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताउनुभएको हो । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।
यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो । सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताउनुभयो ।
सङ्क्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उहाँको भनाइ छ ।
सम्बन्धित







पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया