चापाकाेटका माझी नदी किनारमा मृत

समाधान संवाददाता २०७७ साउन २७ गते ७:१२

समाधान संवाददाता
वालिङ

कालीगण्डकी नदीको किनारमा एक जनाको शव भेटिएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरीयाघाटमा ७२ वर्षीय तोयबहादुर माझी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

खोरीयाघाट बस्दै आएका माझी सोही क्षेत्रमा माग्दै दैनिकी चलाएका थिए । उनको श्रीमती माइतमा बस्दै आएकी थिइन् । उनी घरमा एकलै बस्दै आएका थिए ।

Advertisement

माझीको शव पोस्टमार्टमको लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा पठाइएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया