भलिबल खेलाडीको कोरोना बीमा गरिने

समाधान संवाददाता २०७७ साउन ३२ गते ७:२४

काठमाडौं

लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रस्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रस्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।

खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ । खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । ‘खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ,’ उनले भने ।

Advertisement

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना संक्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए । १३ औं सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरू आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया